इंग्लिस प्रिमियर लिगमा चेल्सी र बर्नमथ विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आइतवार चेल्सी विजयी भएको छ । अर्को खेलमा बर्नमथले इप्स्विच टाउनलाई २-१-ले हरायो । आर्सनलले फुलहमसँग १-१ को बराबरी खेलेको छ। लेस्टर सिटी र ब्राइटनबीचको खेल २-२ को बराबरीमा टुंगिएको छ। कोल पाल्मरले पेनाल्टीमा २ गोल गरेपछि चेल्सीले टोटनहम ४-३ गोलले हराएको हो । खेलमा २-० को अग्रता जोगाउन टोटनहम असफल रह्यो।
पाचौं मिनेटमा डोमिनिक सोलाङ्कले गोल गरे । डेजान कुलुसेभस्कीले गोल गरेपछि टोटनहमले ११ मिनेट भित्र २-० को अग्रता बनायो । तर त्यो अग्रतालाई जाडोन सान्चोले घटाए । उनले १७औं मिनेटमा चेल्सीका लागि गरे। पाल्मरले ६१औं मिनेटमा प्राप्त पेनाल्टीमा गोलमा परिणत गरेपछि खेलमा २-२ को बराबरी भयो। एन्जो फर्नान्डेजले ७३औं मिनेटमा गोल गर्दै चेल्सीले पहिलो पटक अग्रता बनायो ।
पाल्मरले ८४ औं मिनेटमा पोनाल्टीबाट अर्को गोल गरेपछि चेल्सी थप मजबुत बन्यो । इन्ज्युरी समयको छैटौं मिनेटमा सन ह्युङ-मिनले गोल फर्काए पनि टोटनहमका लिगमा सातौं हार टरेन । यो जितपछि चेल्सी १५ खेलमा ३१ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानको आर्सनलको २९ अंक छ। समान खेलमा २३ अंकका साथ फुलहम १० औं र टोटनहम २० अंकसहित ११औं स्थानमा छ । १ खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ३५ अंक छ ।