सुन प्रति तोलामा चार सय रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो। सोमबार बजार खुलेसँगै सुन प्रति तोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि आइतबार सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने हिजो तुलनामा आज स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर