अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

काठमाडौं । अमेरिकाको दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्। अमेरिकी राजदूतावासले उनी काठमाडौं आइपुगेको जनाएको छ । लु अमेरिकी विदेश मन्त्रालयमा दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन्।

उनले शीर्ष नेता र नागरिक समाजका अगुवाहरुसँग भेटवार्ता गर्ने तथा वातावरण संरक्षण, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासका प्रमुख क्षेत्रहरुमा सहयोग अघि बढाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासलेले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर