म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन जारी

काठमाडौं ।  इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन जारी छ । नटिङ्घम फरेस्टसँग शनिबारभएको खेलमा युनाइटेड ३–२ ले पराजित भयो । दोस्रो मिनेटमा मिलेन्कोभिचले गोल गर्दै फरेस्टलाई अघि बढाए । युनाइटेडका होजलुन्डले १८ मिनेटमा बराबरी फर्काए। खेलको ४७ औं मिनेटमा जिब्स ह्वाइट र ५४ औं मिनेटमा उडले गोल गरेपछि फरेस्ट ३-१ को मजबुत अवस्था पुग्यो ।

युनाइटेडका ब्रुनो फर्नान्डेजले खेलको ६१ औं मिनेटमा गोल टोलीलाई खेलमा फर्काउने संकेत गरे त्यसपछि गोल थप्न सकेन । १५ औं खेलमा युनाइटेडको छैंटौं हार हो। १९ अंकका साथ युनाइटेड तालिकाको‌ १३ औं स्थानमा छ। पाँचौं स्थानको फरेस्टको २५ अंक छ।

म्यानचेस्टर सिटी हारबाट जोगियो

साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा बराबरी रोकिएको छ। लगातार खराब प्रदर्शनबाट गुज्रिरहेको सिटीले शनिवार क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेलेको छ। यो प्रर्दशनले सिटीको उपाधि रक्षा अभियानमा संकट बढ्दै गएको छ । खेलमा सिटी दुई पटक‌ पछाडि परेको थियो। चौथो मिनेटमा ड्यानियल मुनोजको गोलमा प्यालेसले‌ अग्रता लियो। ३० औं मिनेटमा सिटी इर्लिङ हाल्यान्डले गोल गर्दै खेलका बराबरीमा ल्याए ।

५६ औं मिनेटमा प्यालेसले लारोक्सले गोल पुनः अग्रता बनायो। ६८ औं मिनेटमा लेविसले गोल गरेपछि सिटी सम्भावित हारबाट जोगायो । सिटी १५ खेलमा २७ अंकसहित चौथो स्थानमा छ । प्यालेस भने समान खेलबाट १३ अंक सहित १६ औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर