रविलाई म्याद थप्न कास्की अदालत लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्पवा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको छ ।
सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका उनलाई छैठौं पटक म्याद थपका लागि अदालतमा पेश गर्न लागिएको हो । केहीबेर पहिले जिल्ला अदालत कास्की लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि म्याद थपका लागि अदालत पेश गरिएको छ ।
प्रतिक्रिया