रोनाल्डोको अल–नासरले इत्तिहादसँग हार्यो

काठमाडौं। करिम बेन्जेमाको अल इत्तिहादले क्रिस्टियानो रोनाल्डोको अल–नासरलाई २–१ ले हराउँदै साउदी प्रो–लिगमा शीर्षस्थानमा पाँच अंकको अग्रता कायम गरेको छ।
लगातार नवौं जित निकाल्दै इत्तिहाद शीर्ष स्थानमा बलियो बनेको हो। एक महिनाको लिग विश्रामपछि अल–नासर भने शीर्ष स्थानबाट ११ अंकले पछि परेको छ।
खेलको ५५औं मिनेटमा बेन्जेमाले मुहानाद अल शान्कितीको क्रसमा गोल गर्दै इत्तिहादलाई अग्रता दिलाए। तर, दुई मिनेटपछि नै रोनाल्डोले बराबरी गोल फर्काए।
उनले सर्बियाली गोलकिपर प्रेड्राग राजकोभिकलाई नजिकैबाट छक्याउँदै बेन्जेमासँग १० लिग गोलको कीर्तिमान बराबरी गरेका थिए। यो गोलसँगै राजकोभिचको लगातार छैटौं क्लिन सिटको प्रयास असफल भएको थियो।
साडियो मानेले अल–नासरका लागि दोस्रो गोल गर्ने अवसर गुमाए। इन्जुरी समयमा डच अन्तर्राष्ट्रिय स्टिभन बर्गविजनले लोरेन्ट ब्लाङ्कको पासमा गोल गर्दै इत्तिहादलाई जित दिलाए।
त्यसैगरी, अल–कादसियाले अल–खोलुदलाई ३–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ। खेलमा पियरे एमेरिक औबामेयाङले गोल गर्दै अग्रता दिलाएका थिए। शनिबार डिफेन्डिङ च्याम्पियन अल–हिलालले अल–राएदलाई हराएमा इत्तिहादको अग्रता दुई अंकमा खुम्चिने छ।