कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा मंसिर २४ गते बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनेछ । यस्तै, गण्डकीमा मृत्यु भएको सांसदका ठाउँमा अर्को समानुपातिक व्यक्तिबारे, उपनिर्वाचन समीक्षा, समसामयिक विषय लगायत छलफल हुने पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर