चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरका सात विकेटको क्षतिमा एक सय ३० रन बनायो ।

चितवनका लागि रवि बोपाराले अविजित ५९ रन बनाए । यस्तै, कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका विपिन शर्माले सर्वाधिक तीन विकेट लिए । यस्तै, जिसान मक्सुले दुई र सोमपाल कामी तथा नन्दन यादवले समान एक एक विकेट लिए ।

आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सको सामना गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर