भूटानी राजा काठमाडौंमा

काठमाडौं । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज बिहान काठमाडौं आएका छन् । अनौपचारिक भ्रमणका सिलसिलामा उनी काठमाडौं आएका हुन् । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।
भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ ।
भारत भ्रमणमा रहेका उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका हुन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया