प्रि-मनसुन प्रणालीले गर्दा पानी पर्ने सम्भावना

काठमाडौं ।  प्रि-मनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायुसमेत प्रवेश गरेकाले आज  केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन् ।  आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा असिना पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद निराजन सापकोटाले बताए । सापकोटाले भने, ‘पहिले दक्षिण–पूर्वबाट वायु प्रवेश गरेको थियो । त्यसलाई अहिले पश्चिमी वायुको पनि सपोर्ट भएकाले हल्कादेखि मध्यमखालको वर्षा हुन्छ ।’

पश्चिमी वायु र स्थानीयस्तरको वायु सक्रिय भएकाले त्यसको असर देशभर देखिने मौसमविद बताउँछन् । काठमाडौं उपत्यकामा विहानपख आंशिक बदलीको अवस्था छ । दिउँसो पनि बादल लागेर पानी पर्ने सम्भावना रहेको सापकोटाले बताए । पहाडी भागमा चट्याङसहित हल्कादेखि मध्यमखालको र तराईमा सामान्य खालको वर्षाको सम्भावना रहेको उनले बताए ।

देशका पहाडी भू–भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले हुन अनुरोधसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर