चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता गरेको छैनः प्रधानमन्त्री ओली

काठमाडौं ।  चार दिने चीन भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनसँग ऋणसम्बन्धी कुनै किसिमको सम्झौता नगरिएको बताएका छन् ।

प्रधानमन्त्रीओलीले  त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँगको सवाल-जवाफका क्रममा यस्तो बताएका हुन् । मैले दरबारमार्गमा आयोजित आमसभामै पनि अहिले कतैबाट ऋण लिँदैनौँ भनेको थिएँ । चीनसँग पनि ऋण लिन जाँदै‌नौँ भनेको हो’, उनले भने, ‘चीनसँग ऋणको कुरा नै भएन, त्यसबारे कुनै छलफल भएन ।

उनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका नौ वटा परियोजना कार्यान्वयनका लागि पछि अलग्गै छलफल हुने पनि बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर