बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर