प्रिमियर लिगः चेल्सी, आर्सनल र सिटीको जित

काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सी, आर्सनल र म्यानचेस्टर सिटीले जित निकालेका छन् । बुधबार राति आर्सनलले म्यानचेस्टर युनाईटेडलाई २–० ले, चेल्सीले साउथह्याम्टनलाई ५–१ ले र सिटीले नटिंघम फरेस्टलाई ३–० ले हराउँदै जित निकालेका हुन् ।

अर्को खेलमा एभर्टनले वेल्सलाई ४–० ले, एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई ३–० ले हराएको छ भने लिभरपुल र न्युक्यासलले ३–३ को बराबरी खेलेका छन् ।

लिभरपुल ३५ अंक सहित तालिकाको शीर्ष स्थानमा यथावत छ । चेल्सी र आर्सनल समान २८ अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् । म्यानचेस्टर सिटी २६ अंक सहित चौथों स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर