फ्रान्समा ढल्यो बर्निये नेतृत्वको सरकार

काठमाडौं । फ्रान्समा प्रधानमन्त्री मिशेल बर्निये नेतृत्वको सरकार ढलेको छ । बुधबार संसदबाट विश्वासको मत पाउन नसक्दा प्रधानमन्त्री बर्निये नेतृत्वको सरकार ढलेको हो । बहुमत सांसदहरूले उनको विपक्षमा मतदान गरेका थिए । सोमबार उनीविरुद्ध दक्षिणपन्थी र वामपन्थी दल मिलेर अविश्वासको प्रस्ताव पेस गरेका थिए ।
फ्रान्समा अविश्वासको प्रस्तावबाट कसैको सरकार ढलेको यो सन् १९६२ यता पहिलो पटक हो ।
प्रधानमन्त्रीले मतदान नै नगरी बजेट पारित गर्न विशेष शक्ति प्रयोग गरेपछि उनीविरुद्ध सो प्रस्ताव पेस भएको थियो । बर्निये तीन महिना पहिले प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया