जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडि चालक कैलाली घर भएर हाल भेरी नगरपालिका–७ बस्ने २५ वर्षीय मनोज केसी र सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका २२ वर्षीय मिथुन हमाल रहेको जाजरकोट प्रहरीले जनाएको छ ।

र्सिह एण्ड ब्रदर्स निर्माण सेवा प्रा.लि.को प्रदेश ३–०१–०२३ च ४७१९ नम्बरको बोलेरो जिप गएराति मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँ नजिकको मोडमा दुर्घटना भएको हो । प्रहरीका अनुसार उनीहरुलाई उपचारका लागि अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको हो ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–८ घर भएका २३ वर्षीय कमल चौधरी दुर्घटनामा परी घाइते भएका छन् । घाइते चौधरीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर