रविविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी
काठमाडौं । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा प्रहरीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला अदालत पर्साले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न लागेको बताइएको छ ।
पर्सा प्रहरी स्रोतका अनुसार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न जिल्ला अदालत पर्साले पक्राउ अनुमति दिएको हो । गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ ।
यस अघि लामिछानेको पोखरा, रुपन्देही, काठमाडौँ तथा चितवनमा बयान भइसकेको छ।
प्रतिक्रिया