राष्ट्रपति पौडेलको प्रोस्टेटको शल्यक्रिया

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पोटेस्टको शल्यक्रिया सम्पन्न भएको छ ।

उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको हो ।

राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारको लागि आज बिहान अस्पतालमा भर्ना भएका थिए ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर