रवि समर्थक र प्रहरीबीच झडप
काठमाडौं । चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।
बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।
लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।
रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । चितवनमा आज पनि लामिछानेको बयान चलिरहेको छ ।
प्रतिक्रिया