एक सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले बढेर एक लाख ५० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले बढेर एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर