लेस्टर सिटीको विजयी सुरुआत

काठमाडौं ।  रुद भान निस्टलरोयले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीका लागि मंगलबार विजयी सुरुआत लिएका छन् । किङ्ग पावर स्टेडियममा भएको खेलमा लेस्टरले खराब लयमा रहेको वेस्ट ह्यामलाई ३–१ ले पराजित गरेको हो ।

लेस्टरले दोस्रो मिनेटमै जेमी भार्डिको गोलले अग्रता लिएको थियो । त्यसपछि बिलाल एल क्लानोस र भिक्टर क्रिटिएनसेनले गोल गरे । खेलको अन्त्यमा वेस्ट ह्यामका लागि निकलास फुलक्रबले एक सान्त्वना गोल फर्काए ।

जितका बावजुद लेस्टर अझै पनि १३ अंकमा १५ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट चार अंकको दूरी मात्रै हो । पराजित वेस्ट ह्याम उसको ठीक अगाडि १४ औं स्थानमा छ र उसको १५ अंक छ । यस सिजन प्रिमियर लिगमा प्यालेसको यो पहिलो घर बाहिरको जित रह्यो । प्यालेसको १४ खेलबाट १२ अंक भएको छ र १६ औं स्थानमा छ । इपस्विच भने नौ अंकमै सीमित छ र पुछारबाट दोस्रो स्थानमा छ ।

लिगका पछिल्ला १२ खेलमध्ये तीनमा मात्र विजयी रहेको वेस्ट ह्यामका प्रशिक्षक जुलेन लापेटेगुइ दबाबमा छन् । अर्कोतर्फ निस्टलरोयलाई भने ठूलो राहत मिलेको छ । उनले भनेका छन्, ‘हामी जुन स्थितिमा छौं, त्यहाँ तीन अंकको ठूलो महक्त्व हुन्छ ।’ मंगलबारकै अर्को खेलमा त्रिस्टल प्यालेसले इपस्विच टाउनलाई १–० ले हरायो । पोर्टमन रोडमा भएको खेलमा प्यालेसका लागि जियान–फिलिपे माटेआले ५९ औं मिनेटमा उत्कृष्ट गोल गरे । यस सिजन प्रिमियर लिगमा प्यालेसको यो पहिलो घर बाहिरको जित रह्यो । प्यालेसको १४ खेलबाट १२ अंक भएको छ र १६ औं स्थानमा छ । इपस्विच भने नौ अंकमै सीमित छ र पुछारबाट दोस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर