अमेरिकाद्वारा युक्रेनलाई मिसाइल सहयोग

काठमाडौं । संयुक्त राज्य अमेरिकाले  फेब्रुअरी–२४ , २०२२ देखि युक्रेनविरुद्ध चलिरहेको सैन्य अपरेशनको लागि ठुलो मात्रामा मिसाइलसहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्ति मार्फत राष्ट्रपति जो बाडेनले रक्षा विभाग (पेन्टागन) लाई किभलाई आफ्नो क्षेत्रीय, स्वतन्त्रता र स्वाधीनताको तत्काल रक्षा गर्न आवश्यक उपकरणहरू उपलब्ध गराउन निर्देशन दिएको छ ।

सुलिभानले आफ्नो कार्यकाल समाप्त हुनु अघि युक्रेनलाई सयौँ, हजारौँ तोप र थप मिसाइल लगायत महत्त्वपूर्ण क्षमताहरू प्रदान गर्ने बाइडेन प्रशासनको अभिप्रायलाई पुष्टि गरे । पछिल्लो सममयमा अमेरिकालाई युक्रेनको मुख्य सैन्य समर्थक मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर