एनपीएल : विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच खेल हुँदै

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच दिनको पहिलो खेल हुँदैछ। कीर्तिपुरमा बिहान ९ बजे सुरु हुने खेलमा विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजिमा छ। यस्तोमा सुदूरपश्चिमको भने यो पहिलो खेल हो। पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको बिराटनगर दोस्रो खेलमा संयमित भएर मैदान उत्रिने प्रयास हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिने विराटनगरविरुद्ध दीपेन्द्र सिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम प्रतिस्पर्धामा छ।

पहिलो खेलमा विराटनगरका लागि न्युजिल्याण्डका स्टार मार्टिन गप्टिलले अर्धशतक बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा हार भोग्नु परेको थियो। त्यसैले टोलीका अन्य सदस्य चल्नु पर्ने आवश्यक्ता विराटनगरलाई छ। बलिङ र ब्याटिङ दुबैमा खस्किएको विराटनगरविरुद्ध आफ्नो प्रारम्भिक उपस्थिति सुदूरपश्चिमका लगि समेत महत्वपूर्ण छ।

मार्टिन गप्टिलसँगै विराटनगरमा ओमानका आकिब इल्यास, क्यानडाका निकोलस किर्टोन र स्कटल्याण्डका क्रिस सोल लगायत बलियो नाम रहेपनि टियूमा पहिलो खेलमा विदेशी खेलाडी पनि चल्न नसक्दा विराटनगरलाई चुनौती थपिएको छ।

पहिलो खेलमा हार व्यहोरेपछि विराटनगरका प्रशिक्षक केभिन ओ ब्रायनले पहिलो खेलका गल्तीहरूबाट पाठ सिकेर अबका खेलहरूमा राम्रो गर्दै जाने बताएका छन्। ‘हामील चाहेजस्तो नतिजा पहिलो खेलमा आएन, तर हामीले धेरै कुराहरू सिकेका छौं । अब कमजोर पक्ष सुधार गर्दै आगामी खेलहरूमा राम्रो प्रदर्शन गर्ने मुख्य लक्ष्य हुनेछ’ उनले भनेका छन्।

उता सुदूरपश्चिमको टिममा कप्तान र मुख्य प्रशिक्षक देखि धेरै खेलाडी आफ्नै क्षेत्रका छन्। नेपालका सफल प्रशिक्षक जगत टमाटा सुदूरपश्चिमको प्रशिक्षक छन्। यसैगरी खेलाडीमा कप्तान दीपेन्द्र बाहेक विनोद भण्डारी, नरेन साउद, भोजराज भट्ट, हाल क्यानडामा बसेर उतै क्रिकेट खेल्ने नरेश बुढाएर, खडग बोहरा र बसन्त खत्री लगायत खेलाडी सुदुरपश्चिमा रहेका छन्। त्यसोत आरिफ शेख अर्जुन कुमाल अमित श्रेष्ठ इशान पाण्डे लगायतको खेलाडीसँग पनि सुदुरपश्चिमले अपेक्षा गरेको छ। अर्जुन कुमाल र नरेन हाल यू-१९ एसिया कप खेल्न युएईमा रहेकोले पहिलो खेलमा टोलीसँग हुने छैनन्।

तसोत सुदूरलाई विदेशी खेलाडीको पनि भर उतिकै छ नेपालमा चर्चित रोहन मुस्ताफा, न्युजिल्याण्डकै स्कट कुगेलेइन, स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन र इंग्ल्याण्डका सैफ अली जैब लगायत खेलाडीको साथ महत्वपूर्ण हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर