काठमाडौंमा बयान सकिएपछि रविलाई भोलि पोखरा पठाइँदै
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेको रविले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगातार ३ दिन बयान दिएका हुन् । सोमबार साँझ उनको बयान सकिएको छ । काठमाडौंमा बयान सकिएसँगै उनलाई भोलि मंगलबार पोखरा पठाउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
प्रतिक्रिया