कीर्तिपुरमा कांग्रेसका कृष्णमान अगाडि
काठमाडौं । स्थानीय निकायको उप–निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले आफ्ना प्रतिद्वन्द्वीभन्दा मतान्तर बढाएका छन् । पछिल्लो खबरअनुसार डंगोलले ३,३८५ मत प्राप्त गरेको र उनीपछि नेकपा एमालेका डा. सुरेन्द्र मानन्धरले २,७२६ मत ल्याएको निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ ।
यस्तै, माओवादीका उम्मेदवार शिवशरण महर्जनले २,३१७ मत र राजमान महर्जन १,२०७ मत ल्याएका छन् भने दिनेशकुमार अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत पाएका छन्।
प्रतिक्रिया