जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले हरायो

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत दोस्रो खेलम जीत हात पारेको छ ।  ओपनरद्वय कप्तान अनिल शाह र आशिफ शेख चम्किएपछि जनकपुर बोल्ट्सले  सहजै जीत निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हरायो ।  जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुररले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर