बिआरआईका विषयमा संसदमा छलफल हुनुपर्छ : डा. शेखर

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिआरआईका विषयमा संसदमा पर्याप्त र खुला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका छन्।

डा. कोइरालाले बिआरआईका विषयमा कांग्रेस–एमालेले तयार गरेको दस्तावेजलाई गहन छलफल गरेर यदि ठीक छ भने चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्ने बताए । बिराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कोइरालाले बिआरआई जस्तो संवेदनशील विषयलाई सडकमा ल्याएर उचाल्ने काम भएको टिप्पणी गरे । बिआरआईका विषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको, उनीहरुले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर