दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई काठमाडौं जिल्ला अदालतले थप समय दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो पनिसार्वजनिक गरेका थिए ।
प्रतिक्रिया