आज शुक्रबार सुनचाँदीको मूल्यवृद्धि

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यवृद्धि भएको छ। सुनको मूल्य प्रतितोला १६ सय चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ। हिजो बिहीबार सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला एक हजार ६ सय रुपैयाँ बढेर एक लाख ५० हजार नौ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, हिजो बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया