बयानका लागि रवि लामिछाने काठमाडौंमा
काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।
लामिछानेलाई बुद्ध एअरको विमानबाट काठमाडौं ल्याइएको हो । लामिछानेलाई विमानस्थलबाट माइतीघरस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा बयान लिइनेछ । लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले काठमाडौं जिल्ला परिसरलाई अनुमति दिएको थियो ।
पक्राउ पुर्जी जारी भएसँगै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको करिब १ अर्ब रुपैयाँ अनियमितता र ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धानका लागि बाटो खुलेको थियो । यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि उक्त फाइल जिल्ला प्रहरी परिसरले कालीमाटीबाट झिकाएर अनुसन्धान अघि बढाएको हो ।
प्रतिक्रिया