अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध
काठमाडौं । अस्ट्रेलियाको संसदको माथिल्लो सदन सिनेटमा बिहीबार १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने प्रावधान रहेको एउटा विधेयकमाथि छलफल भएको छ । संसदको तल्लो सदन प्रतिनिधिसभाले यसअघि नै यो विधेयक सर्वसम्मतिले पारित गरिसकेको छ । यस विधेयकअन्तर्गत टिकटक, फेसबुक, स्न्यापच्याट, रेडिट र एक्समा नाबालिग बालबालिकालाई एकाउन्ट बनाउनबाट नरोक्दा ५ करोड अमेरिकी डलर (३३ मिलियन अमेरिकी डलर) सम्म जरिवाना गर्न सकिनेछ।
यस वर्षको संसदको अन्तिम सत्रमा बिहीबार सिनेटबाट उक्त विधेयक पारित हुने अपेक्षा गरिएको छ । केही महिनापछि हुन लागेको निर्वाचनअघि संसदको यो अन्तिम अधिवेशन हुनसक्छ । यसअघि बुधबार प्रतिनिधिसभाले विधेयक पारित गरेको थियो । विधेयकको पक्षमा १ सय २ मत परेको थियो भने विपक्षमा १३ मत परेको थियो । सञ्चार मन्त्री मिशेल रोल्याण्डले सिनेटरहरूलाई बिल पारित गर्न आग्रह गर्दै भने, “यसले अष्ट्रेलियाली जनताको विचारलाई प्रतिबिम्बित गर्दछ।” “सरकार आमाबाबुलाई समर्थन गर्न र युवा मानिसहरूको सुरक्षा गर्न प्रतिबद्ध छ”, रोल्याण्डले सदनमा भने।