खराब मौसमका कारण श्रीलंकामा एक जनाको मृत्यु, ८२ हजारभन्दा बढी प्रभावित
काठमाडौं । श्रीलङ्कामा खराब मौसमका कारण एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । यसैगरी, सयौं घरहरू क्षतिग्रस्त भएको र ८२ हजारभन्दा बढी मानिसहरु प्रभावित भएको विपद् व्यवस्थापन केन्द्रले बुधबार जनाएको छ ।
१५ वटा जिल्लाका २४ हजार १५९ परिवारका ८२ हजार ७९६ जना प्रभावित भएको केन्द्रका सहायक निर्देशक जनक हन्डुनपथिराजाले बताए ।
मौसम विज्ञान विभागले प्रतिकूल मौसमी प्रभाव दक्षिण पश्चिम बङ्गालको खाडीसहित पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीबाट १९० किलोमिटर दक्षिणपूर्वमा कायम रहेको जनाएको छ ।
मौसमी प्रभाव श्रीलङ्काको पूर्वी तटको नजिक सर्ने र बुधबार थप तीव्र भई चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया