ट्रङ्क तथा डेडिकेटेड बापतको महसुल बक्यौता नबुझाउने उद्योगको लाइन नकाटिने

काठमाडौं । ट्रङ्क तथा डेडिकेटेड बापतको महसुल बक्यौता नबुझाउने उद्योगमा लाइन नकाटिने भएको छ । महसुल बक्यौता उठाउने यसअघि नेपाल विद्युत प्राधिकरणले दिएको १५ दिनको म्याद आज सकिँदै छ ।तर, उद्योगीहरूले महसुल बक्यौता अझैसम्म पनि नतिरेको प्राधिकरणको दाबी छ ।

१५ दिनको म्यादभित्र सम्पूर्ण महसुल बक्यौता उठाउन मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि प्राधिकरणले त्यसअनुसार उद्योगमा महसुलबापतको बिल पठाएको थियो । तर, अधिकांश उद्योगीहरूले महसुल नतिरेको प्राधिकरणले जनाएको छ । महसुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने वा नकाट्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बोर्ड बैठक बसेर निर्णय नगरुन्जेल उद्योगमा लाइन नकाटिने बताए । उनका अनुसार, आज साँझसम्म बोर्ड बैठक बस्ने तयारी रहेको छ । यसअघि मन्त्रिपरिषद्ले १५ दिनभित्र ‘टाइम अफ द डे’ (टीओडी) मिटरका आधारमा महसुल बक्यौता उठाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर