एमालेलाई जरिवाना रकम तिर्न हुलाकमार्फत बालेनको पत्र
काठमाडौं । नेकपा एमालेले जरिवानाको चिट्ठी बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाले इमेल र हुलाकमार्फत पत्र पठाएको छ । आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो । काठमाडौं महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेका अनुसार सोमबार बिहान हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाइएको हो ।
नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबार मार्गमा जागरण सभाको कार्यक्रम गर्ने क्रममा सडक र पेटीमा फोहर गरेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको थियो । त्यसपछि आइतबार काठमाडौं महानगरको टोली दलबलसहित १ लाख जरिवाना गरिएको पत्र लिएर च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेको थियो ।
प्रतिक्रिया