प्रधानमन्त्रीको आसन्न चीन भ्रमण अगावै परराष्ट्रमन्त्री राणा चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा मङ्सिर १३ गते चीन जाने भएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन।

प्रधानमन्त्री ओली १७ मङ्सिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जान लागेका हुन्। मुख्यतया: चीनको ठुला परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच विवाद कायमै रहेको बेला त्यसको पृष्ठभूमि तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर