तस्बिरमा एमालेको जनजागरण सभा
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सरकारको विरुद्धमा फैलाइएका गलत अफवाह चिर्न काठमाडौं दरवारमार्गमा जागरणसभा आयोजना गरेको छ । जागरणसभाका लागि भृकुटीमण्डपदेखि सहिदगेट, रत्नपार्क हुँदै र्याली दरवार मार्गमा पुगेर सभामा परिणत भएको थियो । सरकारले गरेको राम्रो कामको समेत कुप्रचार गरी जनतामा भ्रम छर्ने काम केही पक्षले गरिरहेकाले त्यसलाई चिर्न, सुशासन र आर्थिक समृद्धिका लागि जनतामा सकारात्मक सन्देश प्रवाह गर्न जागरणसभा आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
प्रतिक्रिया