दुर्गा प्रसाइँ समर्थकहरूको सांकेतिक विरोध प्रदर्शन
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँ समर्थकहरूले आज काठमाडौंको कोटेश्वर–बादकुमारी क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रसाइँ भने हाल काठमाडौं जिल्ला अदालतको अनुमतिमा प्रहरी हिराशतमा छन् । उनलाई सरकारले साइबर अपराधअन्तर्गत गत मंगलबार पक्राउ गरी अनुसन्धान कार्य अगाडि बढाएको छ ।
प्रसाइँ समर्थकहरूका अनुसार आज विरोध प्रदर्शन सांकेतिक मात्र भएको बताएका छन् । उनीहरूका अनुसार दुर्गा प्रसाइँ व्यक्ति नभएर आन्दोलनको प्रतीक भएकाले सांकेतिक विरोधमा उत्रिएको हो । प्रसाइँले गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको २१ करोड अमेरिकी डलर कम्बोडियामा लगानी गरेको भिडियो ब्लिप सार्वजनिक गरेका थिए । त्यसलगत्तै उनी पक्राउ परेका हुन् । प्रसाइँको आन्दोलनमा आज अपेक्षाकृत जन सहभागिता देखिएन । आन्दोलनका क्रममा वक्ताहरूले संघर्ष बिथोल्न सरकारले प्रसाइँलाई पक्राउ गरेको दोष लगाए ।