मन्त्रीमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, कांग्रेसभित्र रोष

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मौजुदा मन्त्रिपरिषदमा पुनर्गठन गर्न सहमत भएका छन् । हिजो सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलमा प्रभावकारी काम देखाउन मन्त्रिपरिषद पुनर्गठन गर्ने सहमति बनेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले आफू चीन भ्रमणमा जानुअघि मन्त्रिपरिषद पुनर्गठनको गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जान लागेका छन् । देउवाले प्रभावकारी काम देखाउन नसकेका मन्त्रीहरूलाई परिवर्तन गरेर नयाँ मन्त्री बनाउन आफ्नो स्वीकृति दिएको प्रधानमन्त्री निट सूत्रले जनाएको छ ।

कांग्रेस एमाले गठबन्धनको सरकार बनेको ४ महिना पुगे पनि प्रभावकारी काम हुन नसकेपछि ओली मन्त्री परिवर्तन गरेर अगाडि बढ्न चाहिरहेका छन् । उनको चाहनामा देउवाले समर्थन जनाएपछि मन्त्री परिवर्तन हुने निश्चितजस्तै भएको छ । यसैबीच सभापति देउवाले मन्त्रीमण्डल पुनर्गठनको विषयका सम्बन्धमा र्पाीभित्र कुनै छलफल नगरिएकाले कांग्रेसीजनमा रोष बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर