देशभर सामान्यतया: मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव छ। देशका पहाडी भू-भागमा स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिबेला मंगलबार बिहान देशका पहाडी भू-भागको मौसम आंशिक बदली छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा दिउँसो हल्का वर्षाको पनि सम्भावना छ। आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा राति हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
काठमाडौं उपत्यकाको तापक्रममा गिरावट
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम मंगलबार थप घटेको छ। सोमबार (हिजो) १०.५ डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेर आज ९.९ डिग्री सेल्सियसमा झरेको हो।