उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको ८ बुँदे निर्देशन

काठमाडौं ।  निर्वाचन आयोगले मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहलाई ८ बुँदे निर्देशन दिएको छ । आयोगले सोमबार मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि उपनिर्वाचन हुने सबै स्थानीय तहहरूलाई ८ बुँदे निर्देशन दिएको हो ।

आयोगले मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न निर्देशन दिएको छ। यस्तै चुनावका बेला प्रयोग गर्नुपर्ने भन्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको छ। सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर