दुर्गा प्रसाइँको सनसनीखेज आरोप : ओलीको कम्बोडियामा २१ करोड अमेरिकी डलर लगानी !

काठमाडौं ।  विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ठूलो रकम लगानी गरेको आरोप लगाएका छन् । आज एक पत्रकार सम्मेलनमार्फत भिडिओ सार्वजनिक गर्दै प्रसाइँले ओलीले कम्बोडियाको एक्जियटा कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी गरेको आरोप लगाएका हुन् । उनले भिडिओमा विभिन्न प्रमाणहरु समेत समावेश गरेका छन् ।

साथै, अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया बिजनेश फोरममा सहभागी हुन त्यहाँ गएको र उनले शेयर होल्डरको रुपमा हस्ताक्षर गरेको प्रसाइँको दाबी छ । ओलीले लगानी गरेको अमेरिकी डलरको नेपाली मूल्य साढे ३२ अर्बभन्दा धेरै हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर