सुन तोलामा एक हजार र चाँदीमा १५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुन तोलाको १ लाख ६० हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा पन्ध्र रुपैयाँले बढेको छ । हिजो आइतबार चाँदी प्रतितोला एक हजार ९सय ५ रुपैयाँमा कारोबार भएकोमा आज सोमबार चाँदी प्रतितोला एक हजार ९ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर