नयाँदिल्ली विश्वकै प्रदूषित शहरको सूचीमा

काठमाडौं ।   भारतको राजधानी नयाँदिल्ली विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा परेको छ। पाकिस्तानको लाहोरलाई पछाडि पार्दै उछिन्दै दिल्ली धेरै वायु प्रदूषण भएको शहरमा पहिलो बनेको हो। आईक्यू एअरका अनुसार सोमबार बिहान दिल्लीको वायुको गुणस्तर ९३१ एक्यूआई रहेको छ। यो अवस्थालाई निकै खतरनाक मानिन्छ। दोस्रो स्थानमा रहेको लाहोरको एक्यूआई ४१४ छ।

तेस्रो स्थानमा बंगलादेशको ढाका शहर रहेको छ। त्यहाँ एक्यूआई २४२ मापन गरिएको छ। यसलाई पनि स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ। चौथो स्थानमा इराकको राजधानी बगदाद र पाँचौँ स्थानमा भियतनामको हनोई शहर छ।

त्यसपछि शीर्ष १० मा क्रमशः भारतको कोलकाता, उज्बेकिस्तानको तास्केन्ट, बोस्निया हर्जगोभिनाको साराजेभो, पाकिस्तानको कराँची र भारतकै मुम्बई शहर रहेका छन्। काठमाडौं भने यो सूचीमा १७ औँ स्थानमा छ। सोमबार बिहान यहाँको एक्यूआई १ सय २७ मापन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर