बालेन साह समूहले उम्मेदवारी पनि नदिने समर्थन पनि नगर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह समर्थित समूहले मंसिर १ट गते हुने स्थानीय तहको उपनिर्वाचनमा आफ्ना कुनै उम्मेदवार नभएको र समूहले कसै पनि समर्थन नगर्ने जनाएको छन् । उपनिर्वाचनमा बालेन समूहको दृष्टिकोण के रहने हो भन्ने जिज्ञासा रहेका बेला यससम्बन्धी स्थिति स्पष्ट पार्दै बालेन साहको सचिवालयले उम्मेदवारी नरहने जनाएको हो ।
मेयर साहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइँले भने, ‘हाम्रो तर्फबाट स्थानीय तह उपनिर्वाचनमा कहीँ पनि उम्मेदवार खडा गरिएको छैन,’ उनले सेतोपाटीसँग भने, ‘काठमाडौं महानगरभित्र वडा नम्बर १६ मा अध्यक्ष पदमा निर्वाचन छ, त्यहाँ पनि हाम्रो पक्षबाट उम्मेदवारी छैन।’
उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारे। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।