दमौली–डुम्रे खण्ड रातको समयमा चार घण्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत काम गर्न दैनिक चार घण्टा सडक बन्द हुने भएको छ । राजमार्गको दमौली–डुम्रे खण्ड रातको समयमा चार घण्टा बन्द हुने सडक विस्तार आयोजनाको पूर्वीखण्डले सूचना जारी गरी बन्द हुने जनाएको छ ।

सडक विस्तारका लागि व्यास नगरपालिका–१२ छिर्कनदेखि देउरालीसम्ममा भित्तो खार्नुपर्ने कामका लागि मङ्सिर ३ गते देखि २३ गतेसम्म राति ११ बजे देखि १ बजेसम्म गरी दुई घण्टा सडक पूर्ण रूपमा बन्द गरिने सूचनामा उल्लेख गरिएको छ ।

त्यसपछि १ बजे देखि १ः३० बजेसम्म गरी आधा घण्टा सडक आवागमन खुल्ला हुनेछ । बिहान २ बजे देखि ४ बजेसम्म पुनः दुई घण्टा गरी चार घण्टा बन्द हुने आयोजना प्रमुखले जारी गरेको सूचनामा उल्लेख छ । सडक निर्माण कार्यलाई तीव्रता दिनका लागि यस सडक खण्डमा सवारी आवत–जावतमा रोक लगाइएको जनाइएको छ ।

यात्रुलाई समस्या कम होस् भनेर सवारी चाप कम हुने समय रातमा बन्द गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । अत्यावश्यक एम्बुलेन्सलाई भने विशेष व्यवस्था गरी सवारी पास गरिने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर