बौद्ध धर्मको राजनीतिक दुरुपयोग : प्रधानमन्त्री ओली

ललितपुर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा कुनै विभाजन हुन नहुने बताएका छन् । । बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कामलाई निधेष गर्नुपर्ने उनको भनाइ छ ।  बौद्ध बिहार सङ्घ, ललितपुरको आज अक्षेश्वर महाबिहारमा आयोजित ४९ औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले हिन्दु कट्टरवादीका कारण विगतमा नेपाल र भारतमा बौद्धका र विचारको विस्तार र प्रवर्धनमा सहज नभएको अवस्थामा अहिले बुद्धका विचारहरुको पुनःजागरण भएको सन्दर्भ उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, “बुद्ध धर्म र उहाँका विचारलाई राजनीतिका लागि दुरुपयोग गर्नु हुँदैन । धर्म मानवीयता एकता र शान्तिका लागि हो, बुद्धको दर्शन नै शान्ति, अहिंसा र मानवताका लागि हो । कुनै जीवनप्रति हत्या हिंसा नगर भन्ने बुद्धवादको सार हो । बुद्ध धर्मका शिष्यहरु नै यस धर्मको रक्षक हुन् । हामीले बुद्धवादलाई युवाहरू माझ फैलाउनुपर्छ । त्यसका लागि म मेरो तर्फबाट सक्दो काम गर्छु । यस धर्ममा करुणा, स्नेह र मानवीयता छ । निस्वार्थपन छ । त्यसैले यसलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निधेष गर्नुपर्छ ।’’

पाँच वर्षअघि भियतनाममा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आफूले भाग लिएको र यस्ता सम्मेलन संयुक्त राष्ट्रसङ्घकै आयोजनामा नेपालमा गर्ने कुराकानी भएका बेला कोभिड महामारीले असर गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीमा आफूले पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण गराएको स्मरण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर