रुकुम पश्चिममा बस दुर्घटना, नौ जना घाइते
काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिका -११, रिठा स्थित भेरी करिडोरमा आज भएको बस दुर्घटनामा नौ जना घाइते भएका छन् । काठमाडौंबाट राडीतर्फ आउँदै गरेको प्र.०१००५ ख ९९६६ नम्बरको बस दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज पोखरेलका अनुसार घाइते हुनेमा धादिङ खाग्री गाउँपालिका -१, बस्ने ३१ वर्षीय खड्क बहादुर तामाङ, सोही गाउँपालिकाका २८ वर्षीय भीम बहादुर भुलन, भीमेश्वर नगरपालिका -७, दोलखाका २६ वर्षीय प्रकाश मगराठी रहेका छन् ।
त्यस्तै आठबिस्कोट नगरपालिका -९, का ३१ वर्षीय प्रकाश गौतम, नलगाड नगरपालिका -८ का भिम कुमारी चँदारा, सोही वडाका वर्ष १० को मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका ५ बस्ने बर्ष २८ को आकाश काफ्ले, आठविसकोट नगरपालिका ११, का १७ वर्षीय गणेश रसाइली र जाजरकोट नलगाड नगरपालिका -१२ बस्ने बर्ष २५ कि सङ कुमारी बिक रहेका छन् । दुर्घटना लगत्तै घाइते सबैजनालाई उद्धार गरेर नगर अस्पताल आठबिसकोटमा पठाइएको प्रहरीले बताएको छ । दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।