इन्डोनेसियामा ज्वालामुखी विस्फोट, हवाई उडान रद्द

काठमाडौं ।  इन्डोनेसियाको हलिडे आइल्यान्डनजिकै भएको ज्वालामुखी विस्फोटले वरपरका क्षेत्रमा खतरनाक खरानीको बादल मडारिएको छ। जसका कारण धेरै एयरलाइन्सले अस्ट्रेलिया र इन्डोनेसियाको बाली बीचको उडान रद्द गरेका छन्। क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बुधबार लुटौबी लाकीलाकी हिमालको खरानी उडानका लागि सुरक्षित नभएको बताएको छ।

जेटस्टारले अस्ट्रेलियाको समयअनुसार दिउँसो १२ बजेसम्म बाली जाने र आउने सबै उडान रद्द गरेको जनाएको छ। भर्जिन अस्ट्रेलियाले बुधबार बाली जाने र आउने सबै उडान रद्द गर्ने जनाएको छ। यो ज्वालामुखी विस्फोटका कारण आकाशमा ९ किलोमिटर उचाइमा खरानी फैलिएको छ। अघिल्लो साता भएको ठूलो विस्फोटमा १० जनाको मृत्यु भएको थियो। अस्ट्रेलियाको मौसम विभागले पनि ज्वालामुखीको खरानी देशको उत्तरी क्षेत्रमा पुग्न सक्ने चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर