आज बुधबार सुन प्रति तोला चार सय घट्यो
काठमाडौं । सुनको मूल्य घट्ने क्रम आज बुधबार पनि जारी रहेको छ । आज स्थानीय बजारमा सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार एक लाख ६२ हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्यमा भने बुधबार वृद्धि भएको छ । महासंघका अनुसार मङ्गलबार एक हजार ९२५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी बुधबार भने एक हजार ९४० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया