रवि लामिछानेको रूपन्देही सरकारी वकिलको अफिसमा बयान

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिन सुरु गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा बयान लिने काम भएको थियो ।

पौने १ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका लामिछानेलाई सिधै सरकारी वकिलको कार्यालय लगिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा विगत २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रूपन्देही ल्याइएको रूपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जानकारी दिए।

कात्तिक ८ गते रूपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई त्यसै राति पोखरा लगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर