काठमाडौं उपत्यकास्थित चार नारायणस्थानमा दर्शनार्थीको घुइँचो

काठमाडौं ।  काठमाडौस्थित बूढानीलकण्ठमा हरिबोधिनी एकादशीको अवसरमा दर्शनार्थीहरूको विशेष घुइँँचो लागेको छ । आज भगवान् विष्णु नारायणको पूजा आराधना गरी हवरबोधनी एकादशी मनाइँदैछ ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसी पूजाआजा तथा व्रत बसेर विशेष पूजा गर्दै आएकोमा मङ्गलबार दामोदरसँग विवाह गरेर मनाइन्छ । आज उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खु नारायण, काठमाडौंको शेषनारायण र इचङ्गु नारायणमा विशेष मेला लागेको छ ।

ती चार नारायण जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने जनविश्वास छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी, हरि प्रबोधिनी तथा देव उठ्नी एकादशी पनि भनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर